६ कार्तिक २०८३, शुक्रबार

ओली नजाने भएपछि परराष्ट्रमन्त्री अमेरिका जाने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सामान्य रहेको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओली करीव एक हप्तापछि स्वादेश फर्कने तयारी भएको छ ।

ओली फर्किएपछि व्यस्त कार्यसूचीअनुसार काम गर्नुपर्ने हुन्छ । यही समयमा अमेरिकामा संयुक्त राष्ट्रसंघी ७४औँ महासभा बैठक बस्दै छ ।

यसबीच राष्ट्रसंघीय ७४औं महासभा बैठकमा प्रधानमन्त्री ओलीको नजाने भएका छन् । ओलीको सट्टा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली महासभाको बैठकमा जानेछन् ।

तीन सातापछि न्युयोर्कमा शुरु हुने बैठकमा प्रधानमन्त्री ओली नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताएका छन् ।

प्रधानमन्त्री ओली हाल स्वास्थ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन् ।

शुरुको कार्यतालिकामा प्रधानमन्त्री ओलीको असोज १० मा महासभामा सम्बोधन गर्ने पालो तोकिएको थियो । महासभामा नेपालले असोज १३ मा आफ्नो धारणा राख्नेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज ५ मा न्युयोर्क पुग्नेछ ।

महासभा बैठकमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, योजना आयोगका सदस्य कृष्णप्रसाद ओली र स्वास्थ्य सचिव पुष्पा चौधरीसहितका उच्च पदाधिकारी सहभागी हुनेछन् ।

परराष्ट्र सचिव बैरागी, परराष्ट्रमा राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्याल, सार्क महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई र वासिङटनस्थित दूतावासका राजदूत अर्जुन कार्की पनि सहभागी हुनेछन् ।