१२ मंसिर २०८३, शनिबार

रवि लामिछानेले अदालतको अनुमति नलिई विदेश जान नपाउने

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अदालतको अनुमतिबिना विदेश जान नपाउने भएका छन् ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिँदै जिल्ला अदालत चितवनले विदेश यात्रामा भने शर्त राखेको छ । मुद्धाको फैसला नहुन्जेलसम्म लामिछाने अदालतको आदेशबिना विदेश जान पाउने छैनन् ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेलाई विदेश जानु अघि जिल्ला अदालतको अनुमति लिनु पर्ने आदेश गरेका हुन् ।

मुलुकी संहिता अनुसार फौजदारी मुद्दा लागेको आरोपी व्यक्ति भएको भन्दै अदातलले रविलाई विदेश जानु अघि अनुमति लिनुपर्ने आदेश गरेको हो ।

जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा विदेश आरोपि विदेश जाँदा फरार हुने वा अदालत पुन: उपस्थित हुन नसक्ने सम्भावनालाई हेरेर यस्तो आदेश गरिएको अदालत स्रोतले जनाएको छ ।

लामिछानले जिल्ला अदालतमा रहेको मुद्दा वारेस मार्फत लड्न पाउने छन् । तर,  वैदेशीक यात्राका लागि भने अग्रीम जानकारी गराएर अदालतबाट स्वीकृत भएमा मात्र पाउने छन् । यदि अदालतले अनुमति नदिएमा उनले नेपाल छोड्न पाउने छैनन् ।

मुलुकी फौजदारी संहिताको दफा १८५ को आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतमा आइतबार उनीसहित तीन जना विरुद्ध मुद्दा दायर भएको थियो ।

सोमबार आज थुनछेक बहसपछि लामिछानेलाई पाँख लाख, युवराज कँडेललाई तीन लाख र नर्स अस्मिता कार्कीलाई सामान्य तारेख रिहा गर्न अदालतले आदेश दिएको हो ।