१२ मंसिर २०८३, शनिबार

रवि लामिछानेले कार्यक्रममा पुडासैनी प्रकरणबारे बोल्न नपाउने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने टिभी कार्यक्रम चलाउन पाउने भएका छन् । तर, पुडासैनी घटनाबारे कार्यक्रममा बोल्ने वा कुनै प्रकारको रिपोर्ट प्रशारण गर्न नपाउने भएका छन् ।

चितवन जिल्ला अदालतले आज सुनाएको फैसला अनुसार रविले आफ्नो कार्यक्रम चलाउन पाउने भए पनि अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसबारे बोल्न नपाउने भएका हुन् ।

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग जिल्ला अदालत चितवनले ५ लाख धरौटी लिई रिहा गर्न आदेश दिँदै यो प्रकरणबारे बोल्न नपाउने गरी सिधा कुरा जनतासँग कार्यक्रम चलाउन दिने निर्णय गरेको जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले जानकारी दिए ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो । उनीसँगै पत्रकार युवराज कँडेललाई ३ लाख धराैटी र नर्स अस्मिता कार्कीलाई साधारण तारेखको आदेश सुनाइएको छ।