१२ मंसिर २०८३, शनिबार

सर्वाेच्चकाे फैसला : एनसेलले ६२ अर्ब तिर्नु नपर्ने ! (पूर्ण विवरणसहित)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर विवाद मुद्दामा एनसेलकै पक्षमा फैसला गरेको छ ।

अदालतले कम्पनीको बिक्रीमा लाग्ने पुँजीगत लाभकर गणनामा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर निर्धारण बदर छ । सोमबार बृहत् पूर्ण इजलासले एनसेल कर निर्धारण प्रक्रिया विवादको मुद्दामा सुनुवाई गर्दै फैसला गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले यस्तो फैसला सुनाएको हो । तीनपटक निर्णय सुनाउने सरेपछि आज चौथो पटकमा फैसला सुनाइएको हो ।

एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिबाट मात्रै पुँजीगत लाभकर तिराउनु भनी सर्वोच्च अदतलले फैसला गरेको छ ।

आदेशअनुसार अब ठूला करदाता कार्यालयले पुनः कर निर्धारण गर्नुपर्नेछ । सर्वोच्चको फैसलामा एनसेलमाथि कर लगाउने वैसाख ३ गतेको ठूला करदाताको निर्णय बदर हुने उल्लेख छ ।