
काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा चार जना थपिएका छन्। आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विप्लव समूह र समाजवादी पार्टी छोडेर आएकाहरुलाई नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।
मनोनित हुनेहरुमा समाजवादी पार्टी नेपाल परित्याग गरी नेकपामा प्रवेश गरेका देवेन्द्र पराजुली र कल्पना धमला, विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा आएका पदम राई र किरण राई रहेका छन्।
पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने भन्ने प्रावधान रहेकाले उनीहरुलाई मनाेनीत गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया