६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदाै । उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै हुनेछु। मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस् ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गाैला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ।

‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’

प्रधानमन्त्री ओलीको शरीरमा बढेको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार शुक्रबार र आइतबार दुईपटक फेरेसिस गरिएको छ। उनको स्वास्थ्य परीक्षण अवस्थाबारे जानकारी गराउँदै आइतबार बिहान प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विट गरेका छन्, ‘प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा सुरु गरिएको छ। निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’