आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

चितवनमा ताेडफाेड र प्रदर्शन, डिएसपीसहित ७ प्रहरी घाइते

दैनिक नेपाल २०७६ भदौ ८ गते १९:४३

चितवन, ८ भदौ । चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्क्स्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित