आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

दैनिक नेपाल २०७६ भदौ ८ गते १९:०६

धनगढी, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् गाली गरेको आरोपमा नेविसंघ आवद्ध विद्यार्थी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीले २६ वर्षीय हृदय उपाध्यायलाई आइतबार लम्कीबाटै पक्राउ गरेको हो ।

अपराध महाशाखा टेकुले साईबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा उपाध्यायलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । अपराध महाशाखाले दिएको निर्देशन बमोजिम नियन्त्रणमा लिइएको र प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने प्रहरीले बताएको छ ।

उनले केही दिनअघि ‘केपी ओलीको मिर्गाैलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’ शीर्षकमा प्रकाशित एक अनलाइनको समाचार सेयर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित