बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, लाठीचार्ज र अश्रु ग्यास प्रहार, केही प्रहरी घाइते

दैनिक नेपाल २०७६ भदौ ८ गते १८:३७


चितवन, ८ भदौ । चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा झडप भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ ।

पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । आज अस्मिता कार्कीका मात्रै बयान सकिएको र भोलि लामिछाने र युवराज कँडेलको बयान लिइने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित