
ओखलढुंगा, ८ भदौ । ओखलढुंगामा एक सात वर्षीय बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको ओरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भाञ्जी पर्ने सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
आफन्तका अनुसार तामाङ्गले मंगलबार बालिकालाई घरमै बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो । अभिभावककै उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।
घरमा स्कुलको गृहकार्य गरिरहेकी बालिकालाई तामाङ्गले जबरजस्तीकरणी गरेको बालिकाका आफन्तले उजुरीमा उल्लेख गरेका छन् ।











प्रतिक्रिया