१२ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री ओलीको सिंगापुरमा स्वास्थ्य उपचार सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ भदौ । थप उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार सुरु भएको छ ।

सिंगापुरको नेसनल युनिर्भरसिटी हस्पिटलमा शुक्रबारदेखि प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । उनले प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहलाई उदृत गर्दै रिमालले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिएका छन् ।

यो प्रक्रिया अरु केही पटक गरिने ट्विटरमा उल्लेख गरेका छन् । सोही कारण प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिने भएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ ।

चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ ।

शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ ।

त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन ।

प्रधानमन्त्री ओली थप उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा आधिकारिक सूचना बाहिर नआएको भन्दै आलोचना भएपछि उनकी निजी चिकित्सक डा‍. शाहले बिहीबार विज्ञप्ति जारी गरी आधिकारिक जानकारी बाहिर ल्याएकी थिइन् ।

डा शाहका अनुसार प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी रहेको छ । सोही एन्टिबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीको करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण भएको थियो ।