६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीको मिर्गौलामा खराबी, कार्यक्षमतामा ह्रास

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदाै । शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए ।

डा. शर्माले भने, ‘प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य परीक्षण हुनेछ । उपचारको मोडालिटीबारे थप नयाँ कुरा पनि आउनेछन् ।’ ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि १० दिन (साउन १८ गतेदेखि २७ गतेसम्म) सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुर जानुपरेको डा. दिव्यासिंह शाहले बताइन् । डा. शाह सिन ओलीसँगै सिंगापुर गएकी छन् ।

६७ वर्षीय ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी निजी चिकित्सक डा. शाहका अनुसार ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको छ ।

एन्टिबडी बढ्दा प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको संकेतका रुपमा लिनुपर्ने मिर्गौला रोग विशेषज्ञको भनाइ छ ।