बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

खुमलटारलाई प्रभुले दिए झट्का, खुमलटारमा खैलाबैला

दैनिक नेपाल २०७६ भदौ ३ गते ९:४७

काठमाडौं, ३ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

नेकपाका नेता साहले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन् ।

प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको साहले जनाएका छन् ।

नेकपाले असोज ५ गते सात वटा प्रदेशका अध्यक्षको जिम्मेवारी तोकेको थियो ।

नेकपाका नेता साहले सोही समय प्रदेश २ अध्यक्षको जिम्मेवारी पाएका थिए ।

साहलाई जिम्मेवारी दिएकोमा नेकपाका वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित