६ कार्तिक २०८३, शुक्रबार

५ बर्षसम्मै सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीको संकेत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बर्षसम्मै सरकारको नेतृत्व आफैंले गर्ने संकेत देखाएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि आफू पदमा बस्न इच्छुक नरहेको बताए ।

‘प्रधानमन्त्री लल्याकलुलुक भयो, पद खुस्किने भयो भन्ने हल्ला सुनियो, पद नगएको कोही देखेको छैन । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन’, ओलीले भने,‘राजा महाराजाहरूको पनि पद गएको देखेको छु ।’

व्यवस्थाविरोधी शक्तिले संविधानप्रतिकूलताका आधारमा काम गरे, सरकारले मैदानमा उत्रिएर त्यसलाई ठाउँमा ल्याउन सक्ने बताउँदै उनले जनताले अनुमोदन गरेको र संघर्षका कारण लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको निम्ति सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारले केही गरेन भन्नेलाई ७ प्रतिशतको आर्थिक बृद्धिदर भएको उदाहरण दिएका उनले त्यसलाई अझ बढाउने र पूल र सडक निर्माणमा पनि सरकारले गति दिएर अघि बढ्ने दाबी गरे । उनले यसरी आलोचना गरिरहे पनि सरकारले काम गरेर अघि बढिरहने बताए ।