१२ मंसिर २०८३, शनिबार

आगामी तीन दिन यस्तो रहनेछ देशभरको मौसम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ ।  आजदेखि तीन दिनसम्म  देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

यस्तै,  दिउँसो पश्चिमका धेरै र पूर्व र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसति मध्यमसम्म वर्षा हुने सम्भवना छ । साथै पश्चिम तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पश्चिमी तथा पूर्वी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकाश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका मध्य र पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते मंगलबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानमा तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी भूभागका थोरै स्थानमा र मध्यका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।