आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

१५ केजी चाँदीसहित सशस्त्रद्धारा एकजना भारतीय पक्राउ

दैनिक नेपाल २०७६ साउन ३२ गते १९:१५


धनुषा, ३२ साउन । धनुषामा सशस्त्र प्रहरीको टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको औरही गाउँपालिका २ देउरी भन्ने स्थानबाट साउन शनिबार सशस्त्र टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत २ भेलवाचोक घर बताउने अन्दाजी २८ वर्षीय बन्धुकुमार सिंह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

ज. ८ प ९२३५ नम्बरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका सिंहलाई शंका लागि जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला निज सिंहले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरिएको छ ।

एपीएफ टोलीले पक्राउ परेका सिंहलाई बरामद चाँदी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको सशस्त्र टाेलीले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित