बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

कहिलेकाहीँ पार्टी एकता नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ : प्रचण्ड 

दैनिक नेपाल २०७६ साउन ३२ गते १३:०९

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीँ पार्टी एकता नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको बताएका छन् ।

कुनै पनि विकल्प बाँकी नराखी पार्टी एकता गरेको बताएका उनले शनिबार राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघको राजधानीमा भएको एउटा कार्यक्रममा भने,‘अब एकता सुदृढ हुनुपर्छ नत्र कम्युनिस्ट आन्दोलन सफल हुँदैन ।’

एकता नभएको भए विकल्पहरू हुन सक्ने सम्भावनाको अड्कल काटेका प्रचण्डले अब सफल हुन नसके कम्युनिस्ट आन्दोलन नै बर्बादीतिर जान सक्ने खतरा औंल्याए ।

शुक्रबार सचिवालयले गरेका विभागीय जिम्मेवारीका निर्णय पनि यस्तै अप्ठ्यारो अवस्थामा भएको धारणा राखेका प्रचण्डले भने,‘पार्टी एकता नै सम्भव छैन भन्थे, अब हेर्दै जानुहोला यसलाई बलियो बनाएर अगाडि बढाइनेछ तर चुनौति चिर्नुपर्ने पनि छ ।’

प्रतिक्रिया
सम्बन्धित