
काठमाडौँ, ३१ साउन । झापा प्रहरीले मानव अपहरण मुद्धामा अदालतबाट सजाय तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाले २०६७ असार १४ गते ९ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका मेचीनगर नगरपालिका–६, बाहुनडाँगीका ६७ वर्षीय ईन्द्रप्रसाद अधिकारी पक्राउ परेका हुन् ।
२०६५ देखि फरार रहेका अधिकारीलाई हालै पक्राउ गरि फैसलाल कार्यान्वयनका लागि अदालत बुझाइएको झापा प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
यसैबीच, मानव बेचबिखन तथा ओसारपसार मुद्धामा अर्का एकजनालाई अदालतले एक वर्षको सजाय सुनाएको छ ।
शुक्रबार पक्राउ परेका झापा गौरीगंज गाउँपालिका–४ का २५ वर्षीय दीपकप्रसाद गिरीलाई जिल्ला अदालत झापाले १ वर्षको सजाय सुनाएको हो ।
गिरीविरुद्ध काजीमान खड्काले जाहेरी दिएका थिए ।











प्रतिक्रिया