बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिष्फोट

दैनिक नेपाल २०७६ साउन २९ गते १७:३८

काठमाडौँ, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको छ ।

आज दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएको हो ।

मुख्यमन्त्रीलाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको बताइएको छ।

बम बिष्फोटबाट मानवीय क्षति भएको छैन । बम बिष्फाेट हुने स्थान मुख्यमन्त्री शाहीकै गाउँपालिका हाे ।

मुख्यमन्त्री शाही मंगलबार वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो ।

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको हो ।

कालिकोटमा विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको मानिन्छ । पूर्वमन्त्री तथा विप्लव समूहका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि कालिकोटकै हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित