
काठमाडौं, २७ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बा.८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया