१८ कार्तिक २०८३, बुधबार

प्रदेश युवा परिषद् गठन हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, २७ साउन । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आवमा नै प्रदेश युवा परिषद् गठन गर्ने बताउनुभएको छ ।

बीसौं औँ अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रदेश युवा विकाससम्बन्धी नीति तथा कार्यक्रम’ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो, “प्रदेश युवा परिषद् गठन सम्बन्धी कानून निर्माणको चरणमा रहेको छ ।”

मन्त्री दुलाले युवाहरुले आफूसँग जे विज्ञता छ त्यसमा नै काम गर्नुपर्ने बताउँदै युवाको अधिकार प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको छ भन्नुभयो ।

सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका लागि आफूहरु तयार रहेको बताउनुभयो । –रासस