बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

काठमाडौँको न्यूरोडमा प्रदेश सांसद सुवेदीको पर्स लुटियो !

दैनिक नेपाल २०७६ साउन २६ गते १८:३१

काठमाडौँ, २६ साउन ।  प्रदेश नं. ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ ।

काठमाडाैँको न्युरोड भीडभाडमा अज्ञात व्यक्तिले आज दिउँसो झोलामा रहेको पर्स लुटेको सांसद सुवेदीले बताएकी छन् ।

भीड छिचोल्दै गर्दा पर्स लुटिएको पत्तै नपाएको सुवेदीले बताएकी छन् । उनका अनुसार पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहरू थिए । यस्तै, एटिएम कार्ड, सांसद परिचय पत्र लगायत पनि पर्समै रहेको उनले बताइन् ।

उनले बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको बताइन् । महानगरीय प्रहरी परिसरले पनि सुवेदीले घटनाबारे जानकारी नगराएको बताएको छ।

सुवेदीले प्रहरीमा भने निकै ढिला मात्रै उजुरी गरेकी छन् । बैंकको एटिएम कार्ड दुरुपयोग हुनसक्ने भएकोले पहिला बैंकतर्फ जाँदा प्रहरीमा उजुरी गर्न ढिलाई भएको सांसद सुवेदीले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित