काठमाडौं, २५ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसो गोली ठोकी नियन्त्रणमा लिएका लोप्साङ नाम गरेका मिलन लामा गुन्डा नाइके रमेश बाहुनको टिमका सदस्य रहेको खुलेको छ ।
बाहुन जेल परेपछि लोप्साङ अर्का गुन्डा नाइके शुक्रे तामाङको टिममा सक्रिय रहेको प्रहरी स्रोतले जनाएको छ । रामेछापमा लुटपाट र फिरौति उठाउन थालेपछि स्थानीय युवाले लखेट्दा मिलनले बाहिरबाट नै धन्दा चलाउँदै आएका थिए ।
यसैक्रममा लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई फोनमार्फत धम्की दिएका थिए । जसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीसँगै मृत तामाङ पनि प्रहरीको फन्दामा परेका छन् ।

ट्रमा सेन्टरमा उपचारका क्रममा लोप्साङ
उनीहरुलाई स्वयम्भुस्थित झिगु क्याफेबाट महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । लुटपाट तथा धम्की दिँदै रकम असुल्ने मिलन र अमृत रामेछापको लिखु गाउँपालिका–७ का स्थायी वासिन्दा हुन् ।
खड्कासँग २ करोड माग गरेपछि उजुरी प्रहरीसम्म पुगेको थियो । मागेजति रकम नदिए छोराछोरी तथा सम्पूर्ण घर परिवारलाई मारिदिने धम्की आएपछि अध्यक्ष खड्काले आफ्नो सुरक्षाको माग गर्दै केही समयअघि महाशाखामा उजुरी दिएका थिए ।
लोप्साङ, मिलन, बिजयलगायतका नाममले अपराध कर्म गर्ने उसको खास नाचाहिँ बाबुराम तामाङ हो । लिखु हाइड्रो र रोड कन्ट्रक्सनबाट सामान तथा नगद लुटपाटमा यी दुवैको संलग्नता प्रहरीले भेटेको छ ।