६ कार्तिक २०८३, शुक्रबार

यातायात समितिका रकम फकुवा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । यातायात समितिहरूका नाममा रहेको रकम सरकारले गैरकानुनी रूपमा फकुवा गरेको छ। यातायातमा सिन्डिकेट खारेजीसँगै समितिहरूका नाममा रहेको रकम रोक्का गरिएको थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

मन्त्रिपरिषद्ले कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रूपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

व्यवसायीको प्रलोभनमा सरकारले खारेज भएका यातायात समितिको सम्पत्ति फुकुवा गर्ने निर्णय गरेको यातायात अभियन्ता रामबहादुर थापा बताउँछन्।

यातायात समिति संस्था ऐन २०३४ अनुसार दर्ता भएका थिए। ऐनअनुसार दर्ता संस्था गैरनाफामूलक हुने प्रावधान छ। यातायात समितिको विधानमा समिति खारेज भए चलअचल सम्पत्ति राष्ट्रियकरण हुने व्यवस्था छ।

‘संस्थाको विधानविपरीत सरकारले समितिको रकम फिर्ता दिने निर्णय गरेको छ। यो गैरकानुनी हो,’ थापाले भने, ‘राज्यले सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा थिती बसाउनुपर्ने हो। तर उल्टै वर्षांैदेखि राज्यलाई छल्दै आएका समितिको रकम फुकुवा गरेको छ।’

राष्ट्रियकरण हुनुपर्ने सम्पत्ति फुकुवा गरेर सरकारले सार्वजनिक यातायातमा वर्षौंदेखि जरा गाडेको सिन्डिकेट संस्थागत गर्न खोजेको उनको आरोप छ। उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सरकारले व्यवसायीको दबाबमा परेर गर्नै नहुने काम गरेको बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यो निर्णय गृह मन्त्रालयको सिफारिसमा भएको हो। समितिहरू सौहार्दपूर्ण वातावरणमा कम्पनीमा परिवर्तित भएकाले रकम फिर्ता गरिएको उनको भनाइ छ।

सार्वजनिक यातायातलाई सीमित व्यवसायीको नियन्त्रणबाट बाहिर निकाल्न यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन ग-यो। यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधन पञ्जीकरण नभइ रुट इजाजत जारी नगरिने उल्लेख छ।