६ कार्तिक २०८३, शुक्रबार

क्यान्सरका बिरामीले ५० का ठाउँमा सय तिर्न बाध्य

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदैआएकोमा विगत तीन महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ । यसले मानव अंगको स्वास्थ्य अवस्था, रक्त प्रवाह, रासायनिक प्रतिक्रिया र कार्यक्षमता पहिचान गर्दछ ।

‘क्यान्सर रोग विकराल बन्दै गएको अवस्थामा यस विषयमा सरकारको ध्यान पुग्न नसक्नु दुखको विषय हो’ विज्ञहरुले भनेका छन् ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पेट स्क्यान गत वैशाख २२ देखि जेट एयरवेज बन्द भएसँगै रोकिएको छ । नेपालमा सूर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाट, कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्ग र जीवन्त एड्भान्स, काठमाडौं इम्याजिङ प्रालि.ले औषधि उत्पादक कम्पनी र जेट एयरवेयजसँग सम्झौता गरी नेपालमै पेटस्क्यान गर्ने व्यवस्था मिलाएका थिए ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवं निर्देशक डा. सुदीप श्रेष्ठका अनुसार पेटस्क्यान गर्न रेडियो विकिरणको स्पेशल खालको साइक्रोटोन नामक औषधि चाहिन्छ, जेट एयरलाइन्ससँग सहमति गरेर भारतबाट ल्याउने व्यवस्था गरिएको थियो । जेट एयरवेयजका पाइलटदेखि कर्मचारी सम्मलाई औषधि ल्याउँदा कस्तो सुरक्षा अपनाउनुपर्छ भन्ने तालिम दिई औषधि आपूर्तिको व्यवस्था गरिएको थियो । ‘सरकारले यो औषधि नेपालमै बनाउने वातावरण बनाउनुपर्छ । सरकारले एउटा साइक्रोन मेशिन ल्याएर नेपालमै यो औषधि उत्पादन गर्नसक्छ’ श्रेष्ठले भन्नुभयो ।

नेपालमा क्यान्सरका बिरामीबाट मात्र करोडौं रुपियाँ बाहिरिंदै छ । सरकारले नेपाल एयरलाइन्सबाटै यो सेवा लिएर राजस्व जोगाउनसक्छ ।
हाल साइक्रोन नभएका कारण पेट स्क्यान मेशिन थन्किएर बसेका छन् भने लगानीकर्ताहरु नचलेको मसिनका लागि बैंकलाई भुक्तानी गर्न बाध्य छन् । मेसिन मगाउँदा कर खाने सरकार जिम्मेबारीबोध गरिरहेको छैन ।
यसैबीच स्वास्थ्य मन्त्रालयलाई पेट स्क्यान नेपालमै गर्ने प्रवन्ध मिलाउन औपचारिक रुपमै अनुरोध पनि गरिसकिएको तर सरकारले खास पहल नगरेको स्रोतले बताएको छ ।