१८ कार्तिक २०८३, बुधबार

पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ साउन । शुक्लागण्डकी नगरपालिका तनहुँकी उपप्रमुखद्वारा पत्रकार सम्मेलन मार्फत पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यही साउन १० गते उपप्रमुख सविता रसाइलीले नगरपालिकाको सभाकक्षमा ढुङ्गा गिटिका बारेमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारमाथि अभद्र तरिकाले उत्रिनुका साथै पत्रकारलाई लाञ्छना लगाउदै दुव्र्यवहार गरेकी छिन् ।

त्यसैगरि, हाम्रो सवाल डटकमका सम्पादक अमृत बास्तोलालाई उक्त अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र, संक्रान्ति तेह्रथुममा कार्यरत डाक्टर सन्तोष प्रसाद साहले साउन ३ गते फोन मार्फत उक्त समाचार हटाउन दवाव दिदै धम्की दिएका थिए ।

समाचार प्रकाशन भएको विषयमा असहमती भए उजुरी गर्ने निकाय हुदाँ हुदै पत्रकारमाथि दुव्र्यवहार तथा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ ।

अतः महासंघ घटनाको सत्यतथ्य छानविनगरि घटनाका दोषीमाथि कारवाही गर्न र पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।