
जुम्ला, १५ साउन । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले साना गाडीको आवागमन सुचारु भएको ।” अझै सडकमा रहेको पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ । दुई दिनदेखि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए । –रासस












प्रतिक्रिया