ललितपुर, १५ साउन । साउनको १५ गते बुधबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ ।
एक महिना अघि असार १५ गते दहि चिउरा खाइए जस्तै साउनको १५ मा खिर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भनेझै साउनमा खिर खाइन्छ ।
यो पहिले देखी नै रहदै आएको थिती भएको संस्कृतिविद् डा जगमान गुरुङले जानकारी दिए । यो पुरानै चलन हो , साउनमा हरियो परियो धेरै पाइने हुनाले गाइले दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो , उनले भने र्, हरेक शुभ साइतमा खीरको महत्व छ ।
त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए । विभिन्न पुजा आजामा खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ ।
असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरुले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ ।
यसको धार्मीक नभएपनि साँस्कृतिक महत्व छ । कृषीप्रधान देशमा यसको उच्च महत्व छ ।
बुधबार परेको साउन १५ मा घरपरिवारका सदस्य भेला भई खिर खाँदैछन् । यसैगरी साथीभाई भेला भएर पनि रमाइलो गर्दै खिर खाने गरिन्छ ।
अघिल्लो महिना खेतमै ब्यस्त भइयो , गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलकी संगिता आचार्यले भनिन् , साउन १५ मा हामी परिवारका सदस्य सबै भेला भएर साँझपख खिर खादैछौँ ।












प्रतिक्रिया