६ कार्तिक २०८३, शुक्रबार

कलंकी गोलीकाण्ड : पूर्वइन्जिनियर खनाल हतियार र गोलीसहित नियन्त्रणमा

181.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ साउन । काठमाडौँको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले खनाललाई आज दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ । यी हतियार लाइसेन्सप्राप्त हतियार भएको प्रहरीले जनाएको छ ।

गएराति ९ बजेतिर शर्माको घरलाई लक्षित गरि गोली प्रहार भएको थियो । गोली शर्माकी छोरी पढिरहेको तेस्रो तलामा रहेको कोठाको झ्यालबाट भित्र झरेको थियो । गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन ।

गएराति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण आज बिहान खानतलास गरेको हो ।

यद्यी, प्रहरीले खनालले नै गाेली चलाएको भने दाबी गरेको छैन । लाइसेन्स प्राप्त हतियारबाट गोली चलेको जस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो पनि पढ्नुहोस् :

-काठमाडौँको कलंकीमा गोली चल्यो