६ कार्तिक २०८३, शुक्रबार

युएन भन्छ १ : ३३३ प्रहरी, नेपालमा १ : ४३५

26.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेपाल प्रहरी महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि आफूलाई कुनै पनि प्रकारको दबाब नरहेको बताएका छन् ।

आइतबार प्रहरी मुख्यालय नक्सालमा सम्पादकहरूसँगको अन्तरक्रियामा निर्मला पन्त बलात्कार र हत्या सन्दर्भमा दबाब परेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने,‘मलाई त्यस्तो कुनै पनि दबाब छैन, यस प्रकरणको अनुसन्धान जारी छ । परिणाम पनि आउँछ ।’

उनले यस प्रकरणमा गल्ती गर्ने कतिपय प्रहरी अधिकारी नै पनि ससपेन्स भएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने बताए । नेपाल प्रहरीको आगामी कार्ययोजनालगायत खासगरी समुदाय–प्रहरी साझेदारीको विषयमा परामर्श गर्नका लागि सम्पादकहरूसँगको अन्तरक्रिया गरिएको उनले बताए ।

सो क्रममा नेपाल प्रहरीले झन्डै ७३ प्रतिशत अपराध अनुसन्धानमा सफलता पाएको महान्यायाधीवक्ता कार्यालयको प्रतिवेदनसहितका जानकारी खनालले दिएका थिए । तर, प्रहरीकै हकमा भने ९७ प्रतिशत सफलता प्राप्त भएको भनाई थियो । ‘हामीलेचाहिँ परिणाम आउन बाँकी तर अनुसन्धान सकिएका घटना पनि सामेल गराएका छौं’, खनालले भने ।

यता, झन्डै ७५ हजार नेपाल प्रहरीको संख्या भए पनि अन्तर्राष्ट्रिय मापदण्डका आधारमा संख्या अपुग भएको देखिएको छ । संयुक्त राष्ट्र संघले एक प्रहरी बराबर ३ सय ३३ जना जनताको सुरक्षा हुनुपर्ने मापदण्ड देखाए पनि नेपालमा एक प्रहरी बराबर ४ सय ३५ बढीलाई सुरक्षा दिनुपर्ने हुन्छ । यस हिसाबले प्रहरीको संख्या कम भएको देखिन्छ ।