६ कार्तिक २०८३, शुक्रबार

इटहरी उपमहानगरका मेयर चौधरीको धम्कीपूर्ण अडियो– मा**चुध गोली ठोक्छु !

93.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १० साउन । भ्रष्टाचारविरुद्धको अभियानका नाममा भाइरल भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेकपा सुनसरी सदस्य तथा इटहरी साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाँईलाई आमाचकारी गाली गर्दै गोली ठोक्छु भन्नेसम्मका धम्की दिएका अडियोहरू दैनिक नेपालले फेला पारेको छ ।

चौलागाईलाई टेलिफोनमा नै आमाचकारी गाली गर्दै मेयर चौधरीले जातिय विद्वेष हुने भाषा पनि बोलेका छन् । जुन अडियोमा सुनिन्छ ।

उनले १ नम्बर प्रदेश इञ्चार्ज भिम आचार्यसम्मले केही गर्न नसक्ने बताउँदै नेताहरूलाई पनि आमाचकारी गाली गरेको अडियोमा प्रस्ट छ । मेयर चौधरीले अपशव्द मात्रै प्रयोग गरेर बोलेका दुई वटा अडियो दैनिक नेपालसँग सुरक्षित छ ।

आमाचकारी गाली गर्दै चौधरीले भनेका छन्,‘ओई रामे चोर तलाईँ ६ दिनभित्र सूट गर्ने कुरा भइसक्यो । तँ इञ्चार्जसीप गर्ने ? तँलाई सूट गर्ने कुरा भइसक्यो । तँ इनरुवा मात्रै जान न । तँ क्षेत्रीय इञ्चार्ज ?’

नेकपा सुनसरी जिल्ला सदस्य रामप्रसाद चौलागाई, जसलाई मेयरले बारम्बार धम्की दिएका थिए

मेयर चौधरीले पार्टीमा नै चौलागाँईलाई मार्ने कुरा भएको भन्दै ‘तँलाई पप्पुले सूट गर्छ’ भनेका छन् ।

प्रत्युत्तरमा चौलागाँईले भनेका छन्,‘आफ्नो मर्यादा ख्याल राखेर कुरा गर्नुस् मेयर साप, भोली नगरपालिका अगाडि आउँछु ।’

मेयर चौधरी बारम्बार विवादमा आउने गरेका छन् । उनले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने बताएपछि एकाएक चर्चा कमाएका थिए ।

त्यसपछि पत्रकारलाई लोपार्ने र माफी माग्ने क्रम चलाइरहेका थिए । सो क्रममा चौलागाईप्रति खरो उत्रिएका मेयरले उनलाई भ्रष्टाचारी समेत भनेका थिए । तर, प्रमाणित गर्न सकेका छैनन् ।

८ साउनमा चौलागाईलाई टेलिफोनमा पुनः आमाचकारी गाली गरेको चौलागाईले बताए । उनले मेयरको उदण्डता अति भएको भन्दै प्रशासनमा उजुरी दिने तयारी गरेका छन् ।

उनले दैनिक नेपालसँग भने,‘अब अति भयो, कानुनी उपचारमा नगई भएन ।’ चौलागाँईले विभिन्न मितिमा बारम्बार मेयर चौधरीबाट यस्ता अनेक धम्कीसहितका तीन दर्जन एसएमएस पनि रहेको दाबी गरेका छन् ।

चौलागाँईले यसअघि नै १२ जेठमा नेकपा प्रदेश कमिटीमा मेयर चौधरीले दिएको धम्कीको विषयमा उजुरी दिएका थिए । तर, पार्टीले यस विषयमा केही पनि कदम चालेको छैन ।

धम्कीका विषयमा मेयर चौधरीसँग सोध्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । मेयर चौधरीको मोवाइलमा सम्पर्क हुन पाएन । यता, यस विषयमा प्रदेश इञ्चार्ज आचार्यले पनि टेलिफोन उठाएनन् ।

नेकपाका कतिपय प्रदेश र जिल्ला नेताले मेयर चौधरीको उदण्डताको सीमा नाघेको भन्दै पार्टीले कारबाही गर्नुपर्ने बताउँदै आएका थिए । तर, चौधरीले सबैलाई धम्की दिएका छन् ।

कतिसम्म भने, उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि टाउको काटेर नै नेता भएको, अध्यक्ष प्रचण्ड १७ हजार मानिस मारेर नेता भएको भन्दै आफूलाई कारबाही हुनै नसक्ने दाबी गरेका छन् ।

भूमिपुत्र र किसानको छोरो भएको दाबी गर्ने उनले सार्वजनिक कार्यक्रममा र*डी जिन्दावाद भनि महिलाको अपमान हुनेगरी दिएको भाषणको पनि आलोचना भएको थियो । जसविरुद्ध सदनमा पनि कुरा उठेको थियो ।

स्थानीय महिला तथा अधिकारकर्मीले मेयर सच्चिनुपर्ने दबाक दिएपछि उनले एउटा विज्ञप्ति जारी गरेका थिए ।