६ कार्तिक २०८३, शुक्रबार

जब ‘शक्तिशाली’ फेल भए…

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ। सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १८ गते राष्ट्रिय दैनिकमा एउटा सूचना निकाल्यो। त्यसमा मन्त्रालयमा सूचीकृत भएका र मापदण्ड पूरा गरेका अन्य स्वास्थ्य संस्थालाई निवेदन दिन भनिएको थियो।

त्यसको प्रयोजन थियो– मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने। १५ दिन म्याद दिइएको सूचनामा प्रस्टै थियो, ‘प्राप्त निवेदनमध्ये मापदण्ड पुगेका स्वास्थ्य संस्था मात्र छनोट गरिनेछ।’

त्यस आधारमा २ सय ३७ संस्थाले आवेदन दिए। यस प्रयोजनका लागि बनाइएको विशेषज्ञ समितिले ३ वटा टोली बनाएर हरेक संस्थाको अनुगमन गर्‍यो। मलेसिया सरकारले तोकेको मापदण्ड नपुगेका १ सय ३८ वटा असफल भए। जम्मा ९९ संस्थाले मापदण्ड पूरा गरे।

त्यसको सूचना मन्त्रालयले असार २० गते जारी गर्‍यो। सरोकारवालाले ठाने, ‘अब भने मलेसिया खुल्ने भयो।’ तर, फेरि खुलेन। बरु असार २२ गते मन्त्रालयले अर्को सूचना निकाल्यो, ‘९९ वटा स्वास्थ्य संस्थाले मापदण्ड पूरा गरेका छन्। यो सूचनाउपर कुनै गुनासो÷उजुरी भए ३ दिनभित्र निवेदन पेस गर्नुहोला।’

मन्त्रालय उच्च स्रोतका अनुसार उच्च राजनीतिक पहुँच भएका केही व्यक्तिका मेडिकल संयोगवश असफल हुनेमा परे। तिनको रातारात स्तरोन्नति गरेर ‘मापदण्ड पूरा गरेका’ बनाउने चलखेल भयो। र, गुनासो राख्नेमा मापदण्ड पूरा नगरेका ५८ संस्था निस्किए।

मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखाका उपसचिव रेशमराज सिग्देलका अनुसार ती ५८ संस्थाको पूरक अनुगमन हुँदैछ। सिग्देल विशेषज्ञ समितिका सदस्य सचिवसमेत हुन्। उजुरी गर्नेमा काठमाडौं उपत्यकाका ३४, झापादेखि वीरगन्जसम्मका १९ र पोखरादेखि पश्चिमतर्फका ५ संस्था छन्।

मन्त्रालयले साउन ४ गते तिनीहरूको पुनः अनुगमन गर्न समितिलाई पत्राचार गर्‍यो। समितिले साउन ७ गते बैठक बसी काठमाडौंमा १ र जिल्लामा २ गरी ३ टोली खटाउने निर्णय गरेको छ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले सूचना नै जारी गरेर उजुरी÷गुनासो माग्नु गलत बाटो अपनाइएको बताए। ‘जे–जे पुगेको छैन सँगै फाराम भरेर उनीहरूलाई हस्ताक्षर गराइसकेपछि फेरि केको गुनासो ? यो सुन्नु आवश्यक थिएन,’ उनले भने, ‘मन्त्रालयले छिटो निकास दिनुपर्नेमा उल्टो बाटो समाएको छ। गुनासोमाथि गुनासो सुन्दै गए अर्को वर्ष यसरी नै बित्न सक्छ।’

मन्त्रालयले योग्य ठहर्‍याएका १० संस्था अयोग्य भएको भन्दै अर्कोथरी उजुरी परेको छ। तिनको पनि पुनः अनुगमन हुने मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले २ सय २६ वटा स्वास्थ्य संस्थालाई पहिल्यैदेखि सूचीकृत गरेको छ।

विभिन्न देशका आफ्नै नियम र निर्णयका भरमा सबैतिर सबैले मौका पाउँदैनन्। खाडीका लागि १२ संस्थाको गाम्का कार्यरत छ। ‘सिन्डिकेट’ विरुद्ध उत्रिएको सरकारले कतारका लागि २ महिनाअघि एउटा कतार भिसा सेन्टरलाई सबै काम गर्ने जिम्मा दिएको छ। त्यसैमा स्वास्थ्य परीक्षणसमेत पर्छ।

मलेसियाको हकमा उतैबाट छानेर ३८ संस्थाबाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्दै आएका थिए। २०७५ कात्तिक १३ गते दुई देशबीच श्रम समझदारी भएपछि तिनको खर्च रोजगारदाताले बेहोर्ने तय भयो। तर, नेपाल सरकारले स्वाथ्य परीक्षण गराउने संस्था फेर्न चाह्यो। मलेसियाले अडान लिइरह्यो।