६ कार्तिक २०८३, शुक्रबार

खानेपानी मन्त्री बिना मगरलाई नेकपामा फेरि ‘बम्पर’ उपहार !

146.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई नेकपा राजनीतिमा पनि ‘बम्पर’ उपहार मिल्ने भएको छ । ३३ मध्ये पूर्वमाओवादीको भागमा परेका नेकपाका १४ विभागको एउटा विशेष विभागको जिम्मा मगरले पाउने भएकी छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकै हिसाबले उनलाई उक्त विभागको जिम्मा लगाउन लागिएको भनी आलोचना पनि हुन थालेको छ ।

प्रचण्डले मन्त्री मगरलाई खानेपानी तथा सरसफाई विभागको जिम्मा दिनेगरी आफ्नो गुटमा प्रस्ताव अघि सारेको स्रोतले जनायो ।

‘बिना मगरको राजनीतिक हैसियत अहिले नै ठूला नेताले पाएको जस्तो विभागकै जिम्मा दिनुपर्ने छैन, प्रचण्डले आफन्तलाई सबै पद बाँड्न थाले’, एक असन्तुष्ट नेताले दैनिक नेपालसँग भने,‘जिल्ला इञ्चार्जको हैसियतमा रहने भरतपुर महानगरको इञ्चार्ज छोरी रेणु दाहाल बनाए, प्रदेश कमिटी अध्यक्ष भाईलाई दिए अब विभाग बुहारीलाई जिम्मा लगाउँदैछन् । यो, चरम नातावादी सोच हो ।’

विद्यार्थी राजनीति गरे पनि तत्कालिन माओवादीको पार्टीभित्र कुनै विभागको जिम्मेवारी नपाएकी मगरलाई क्याविनेट सदस्य भएको हैसियतमा एकीकृत पार्टीको खानेपानी र सरसफाई विभागको जिम्मेवारी दिने तयारी गरिएको स्रोतको दाबी छ ।

दोहोरो जिम्मेवारीको विरोध गर्दै आएका नेकपाभित्रका पूर्वमाओवादी केही नेताले मगरलाई दिइन लागिएको यत्रो जिम्मेवारीका विषयमा अध्यक्ष प्रचण्डसँग चासो राख्ने हिम्मत सम्म गरेका छैनन् ।

तर यस विषयमा पार्टी हाइकमान्डमा प्रश्न गरिने बताउँदै तत्कालिन माओवादीका एक केन्द्रीय सदस्य भन्छन्,‘कसैलाई बर्षौंसम्म काम गर्दा पनि कुनै जिम्मेवारी नदिइने अनि बुहारी भएको नाताले बिनालाईचाहिँ चुनावमा टिकट, संसद सदस्य, फूलमन्त्री र अब पार्टीको विभागीय जिम्मेवारी पनि दिने ? यो उचित भएन ।’