१७ कार्तिक २०८३, मंगलबार

अविरल वर्षाले देउखुरीकाे केही भागमा डुबान

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ८ साउन । अविरल वर्षाका कारण दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् ।

राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुबानमा परेका छन् । स्थानीय दोलही खोलामा आएको बाढीका कारण यी गाउँ डुबानमा परेका हुन् ।

दोलही खोलामा आएको बाढीका कारण पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।

जलसतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।