
काठमाडौँ, ७ साउन । दैनिक नेपाल डटकमका समाचार संयोजक रामकुमार शाहीलाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’बाट पुरष्कृत गरिएको छ ।
पहिलो ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’ वितरण कार्यक्रममा आयोजक सामना म्युजिक क्रियशन प्रालिले पत्रकार शाहीलाई पुरष्कृत गरेको हो । उनीसँगै पत्रकार सविता पोखरेल र राज लुइँलेट पनि पुरष्कृत भएका छन् ।
उनीहरुलाई नेकपाकी स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य पम्फा भुसालले सम्मानपत्र हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो ।
कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिएको थियो ।












प्रतिक्रिया