१७ कार्तिक २०८३, मंगलबार

गुल्मीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ७ साउन । गुल्मी जिल्लाकाे सत्यवती गाउँपालिका –३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । दुई जनाको उद्धार गरिएको छ ।

राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन ।

सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । यसबारेमा थप विवरण आउँन बाँकी छ ।

रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।