१७ कार्तिक २०८३, मंगलबार

आक्रमणमा परेकी आरती दुई महिनापछि होसमा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, ५ साउन । आक्रमणमा परी सख्त घाइते भएकी झापाको मेचीनगर नगरपालिका–१० की आरती चौहानको दुई महीनापछि होस खुलेको छ ।

गत जेठ ८ गते राति मेचीनगर–१० का ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवराज गिरीले चौहानलाई धारिलो हतियारले टाउकामा प्रहार गरी सख्त घाइते बनाएका थिए । दुवै जनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घाइते चौहानको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

अभियुक्त श्रेष्ठ र गिरीविरुद्ध ज्यान मार्ने उद्योग र डाँका मुद्दा दर्ता भएको थियो । चौहानका पति ओमकुमार बुढाथोकीले घटना भएकै दिन रु एक लाख ४० हजारको धनमाल डाँका गरेको जाहेरीसमेत प्रहरीमा दिएका थिए । बुढाथोकीले आरतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताउनुभयो । उनलाई हाल सामान्य कक्षमा राखिएको छ । –रासस