
-प्रतिक पौडेल
भैरहवा, ५ साउन । गौतम बुद्धको जन्मभुमिमा बुद्धमुर्ति तोडफोड गर्ने कोही पनि अहिले सम्म पक्राउ नपरे पछि जनता आतंकित भएका छन् । प्रदेश नं ५ को अस्थायी राजधानी समेत रहेको रुपन्देहीमा यसरी अज्ञात समुहले मुख्य सडकमै रहेको बुद्धका मुर्ति तोड्ने घटनालाई जिल्लावासीले समान्य रुपमा लिएका छैनन् ।
घटना भएको ४ दिन बिति सक्दा पनि तोडफोड गर्ने तोडफोड गर्ने कोही पनि फेला नपरे पछि चौतर्फी रुपमा विरोध शुरु भएको छ । कसले कुन मनसायले यसरी बुद्धका मुर्ति तोडफोड गरेको भन्ने अझै थाहा नभएका कारण अन्योलता सिर्जना हुन थालेको छ ।
बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति गत बुधबार राति अज्ञात समूहले तोडफोड गरेका थिए । तोडफोड भएको दिन देखिनै तोडफोड गर्ने कार्यमा संलग्नलाई कडा कारवाही गर्न रुपन्देहीका बिभिन्न राजनितिक दल देखि लिएर संघ सस्था सम्मले विज्ञप्ति निकालेर राज्यको ध्यानाकर्षण गराउदै आएका छन् भने बिरोध र्याली पनि निकालेका छन् ।

रुपन्देहीका अधिकांश जनताको नजरमा जिल्लाको सुरक्षा स्थिती कमजोर रहेको कारणनै यसरी बुद्धका मुर्ति तोडिएको बताउछन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउदा यसरी बुद्धका मुति माथि प्रहार हुनुले जनभावना माथि ठेस पुगेको छ ।
यता प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध मुर्ति फोर्ने कार्यमा संलग्नहरुलाई छिटो पक्राउ गर्न रुपन्देहीका सुरक्षा अधिकारीहरुलाई शनिबार निर्देशन दिएका छन् । ३ दिनसम्म पनि बुद्ध मुर्ति फोर्ने कार्यमा संलग्न पक्राउ पर्न नसकेको प्रति मुख्यमन्त्री पोखरेलले सुरक्षा प्रमुखहरुसंग असन्तुष्टि जनाएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीका अनुसार मुर्ति तोडफोड गर्नेको विषयमा अनुसन्धान भैरहेको बताए । भण्डारीका अनुसार जसले जुन मनसाय बाट तोडफोड गरेको भएपनि अपराधिक क्रियाकलाप भएकोले छिट्टै दोषीलाई पक्राउ गरि कानुनको दायरामा ल्याउने जानकारी दिए ।












प्रतिक्रिया