६ कार्तिक २०८३, शुक्रबार

यी हुन् नेकपाका जिल्ला इञ्चार्ज र सह-इञ्चार्जहरु (सूचीसहित)

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ५ साउन ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो । ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्ज टुंगो लागेको प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठकपछि जनाकारी दिए।

टुंगिएका ८३ स्थानमा पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ इन्चार्ज परेका छन् । इन्चार्ज पूर्वएमालेको भएका जिल्लामा सह-इन्चार्ज पूर्वमाओवादी र पूर्वमाओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह-इन्चार्ज पूर्वएमालेबाट छन् ।

कतिपय जिल्लामा पूर्वमाओवादी र पूर्वमाओवादी दुवैबाट सह-इन्चार्ज तोकिएका छन् ।

नेकपाले एउटै जिल्लामा १० जनासम्म सह-इन्चार्ज तोकेको छ । सिरहामा १०, धनुषामा ९, काठमाडाैँमा ९,  दाङमा ९, कैलालीमा ८ जना सह-इन्चार्ज ताेकिएको छ ।

नेकपाको अर्को बैठक पर्सि (मंगलबार)  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

हेर्नुहोस् सूची :