बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कांग्रेसले ७ वटै प्रदेशका प्रतिनिधिहरुलाई प्रशिक्षण दिने

दैनिक नेपाल २०७६ साउन ५ गते १५:१९

काठमााडौँ, ५ साउन । नेपाली कांग्रेसले ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले डा. जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन तथा तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ ।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण काठमाडौँमा गर्ने निर्णय गरेकाे  प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित