
काठमाडाैँ, ४ साउन । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ ।
गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ
गाँजा तस्करका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ जनाएको छ ।
शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको स्रोतले जनायो ।
त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । गोली हानाहापछि प्रहरीले मनहरी गाउँपालिका-९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका-१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको छ ।
उनको साथबाट कटुवा पेस्तोल एक नाल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी गाँजासहित पनि प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४/५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरिएको जनाएको छ ।
अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ । घटनास्थलबाट अन्य चारजना फरार भएका छन् । पक्राउ परेका स्याङ्तान प्रहरीको खोजी सूचीका गाँजा तस्कर नै भएकव प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलन गरिने मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।















प्रतिक्रिया