बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

प्रचण्डले बाेलाए पूर्वमाओवादी नेताहरूकाे बैठक खुमलटारमा

दैनिक नेपाल २०७६ साउन ५ गते १०:२५

काठमाडौं, ५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरूको बैठक बसेकाे छ ।

लिलतपुरकाे खुमलटारस्थित प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरूकाे बैठक बसिरहेकाे हाे ।

एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न बिहान ७ बजेदेखि प्रचण्ड निवासमा पूर्व माओवादी नेताहरूको बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् ।

आइतबार दिउँसो पार्टीको सचिवालय बैठक बोलाइएको छ । पूर्व माओवादीले पाएको विभिन्न विभागका लागि नाम टुंगो लगाउन खुमलटारमा बैठक बसेको ती नेताले बताए ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित