
काठमाडौँ, ४ साउन । शनिबार राजधानीको सर्वनाममा महफिल सम्पन्न भयो । पानीले मौसम चिसो थियो । तर प्रत्येक गजलको शेरमा तालीको वर्षा भइरहेको थियो ।
जाजरकोटका गजलकार क्षितिज सर्मपण र दैलेखका विद्या निर्दोष पहाडिका प्राय गजलका शेरहरुमा ताली मात्र बजेनन् वान्समोर समेत पटकौ पटक पाए । सर्वनामको हल खचाखच भएपछि भुईमा समेत दर्शक छरिएर गजलमा रमाउएको माहोल देखिन्थ्यो । करिब डेढ घण्टा दुई गजलकारले गजल सुनाए ।

हरेक दुई महिनामा आयोजना हुदै आएको महफिमलमा प्रेम, वैदेशिक रोजगार, सरकार देखि परिवारका बारेमा कोरिएका गजलहरु पढिए । गायनमा रहेका ओम सुनार दुर्घटना परेपछि गायन भने हुन पाएन । आयोजक बाबु त्रिपाठीले सुनारको स्वास्थलाभको कामना गर्दै अर्को श्रृंखलामा ल्याउने वाचा गरे । साथै कार्यक्रममा पुस्तक चर्चामा हामी ले सयौंपुतली र जेब्राक्रसका लेखक उमा सुवेदी र तर्कना शर्मा ले आफ्नो कृतिको बारेमा बोलेका थिए ।
देश छाडेर जाने पनि मेरै मान्छे हुन्
मेरै मान्छेहरू बग्ने हुन् बाढीमा पनि ।
क्षितिज सर्मपण
तिम्रा विधान कोचेर चुलामा भात पकाऊ
सधै जनता भुलाउने मतदान किन भए ।
विद्या निर्दोष पहाडि












प्रतिक्रिया