१८ कार्तिक २०८३, बुधबार

पहिरोकाे कारण बस्ती जोखिममा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी, ३ साउन । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा रहेका छन् । जथाभावी सडक खनेका कारण बस्ती जोखिममा परेका हुन् ।

बस्तीको बीचमा सडक खनेपछि अधिकांश बस्ती पहिरोको जोखिममा परेका हुन् । ती बस्तीका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । पहिरोको डरले उनीहरु सुरक्षित स्थानमा गई बास बस्ने गरेका छन् । बूढीनन्दा नगरपालिका–७ सेरकाटियाको दलित बस्ती भएर सडक खनेपछि बस्ती धरापमा परेको दत्त विकले बताउनुभयो ।

मार्तडी–कोल्टी सडक खण्डमापर्ने उक्त बस्तीका ४५ दलित परिवार बढी जोखिममा परेको स्थानीयवासी जयबहादुर विकले बताउनुभयो । “सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उहाँले भन्नुभयो । बूढीनन्दाका नगर प्रमुख पदमकुमार गिरीले नगरपालिकाका सबै वडाका बस्तीमा सडक खनेका कारण पहिरोको जोखिम रहेको बताउनुभयो । “बस्ती सार्न उपयुक्त ठाउँ खोज्दै छौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले राहत सामग्री उपलब्ध गराउने गिरी बताउनुहुन्छ । नगरपालिकाको पिपलडालीस्थित हलिया बस्ती पनि पहिरोको जोखिममा छ । –रासस