
–महेश सिंह महतो
सिरहा, ३ साउन । सिरहाको जिल्ला नापी कार्यालयमा आग्लागी भएको छ । भर्याङ्गको छेउमा स्टोर रुम नजिक राखिएको जेनेरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीश कुमार लाल कर्णले बताए ।
स्टोर रुमसँगै टाँसिएर राखिएको जेनेरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले सो आजगनी भएको प्रमुख कर्णले बताए । आगलगीबाट काम नलागने पुराना फाइल तथा जेनुरेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
कर्मचारी, प्रहरी र वारुयन्त्रणको सहयोगमा आगो एक घन्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगलगीबाट मानवीय क्षती भने भएको छैन ।












प्रतिक्रिया