
मकवानपुर, ३ साउन । आफूभन्दा आधा उमेर कम युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।
हेटौँडा उपमहानगरपालिका-१ लालझाडी ४० वर्षीय जीवन मोक्तानलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाो । उनले साेही ठाउँ बस्ने अन्दाजी २० वर्षीया किशोरीलाई नजिकैको झाडीमा लगेर जबरजस्ती करणी गरेका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मोक्तानलाई पक्राउ गरेको हो ।
यस घटनामा प्रहरीले आवश्यक कारवाही अघि बढाएको जनाएको छ ।












प्रतिक्रिया