६ कार्तिक २०८३, शुक्रबार

पूर्वमन्त्री बस्नेतकाे नाममा ६१ कराेड स्राेत नखुलेकाे रकम भेटियाे

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ साउन । राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ ।

सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपियाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ ।

बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै विभागले बयानका लागि उनलाई बोलाउने तयारी गरेको छ ।