१७ कार्तिक २०८३, मंगलबार

लागुऔषधसहित दुईजना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ साउन । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ गोङ्गबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् । उनीहरुमध्ये लिम्बूको साथबाट लागुऔषध ब्राउनसुगर ५।८४ ग्राम र मगरको साथबाट लागुऔषध ब्राउनसुगर ०।४० ग्राम बरामद भएको छ । काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बू र मगरलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

यसैबीच काठमाडौँ महानगरपालिका–३ मैतीदेवी मन्दिर परिसरमा बस्दै आएका काभ्रेपलाञ्चोक घर भएका ४९ वर्षीय विष्णुबहादुर तामाङ आज मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । –रासस