बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

न्यायपालिकाको चौथो पंचवर्षीय योजना लागू

दैनिक नेपाल २०७६ साउन १ गते १८:५०

-प्रतिक पौडेल
भैरहवा, १ साउन । जिल्ला अदालत रुपन्देहीले न्यायपालिकाको चौथो पंचवर्षीय रणनीतिक योजना लागू गरेको छ । सर्वोच्च अदालतले मंगलबार चौथो पंचवर्षीय रणनीतिक योजना लागू गरेसंगै जिल्ला अदालत रुपन्देहीले संप्रेषण समारोह आयोजना गरि उक्त कुराको जानकारी दिएको हो ।

जिल्ला अदालत रुपन्देहीका न्यायधीश नरिश्वर भण्डारीका अनुसार तेस्रो पंचबर्षीय रणनीतिक योजनाको ४ वटा प्रमुख लक्ष्यहरु रहेकोमा चौथो पंचवर्षीय रणनितिक योजनाले ५ वटा लक्ष्य लिएर आएको बताउनु भयो । पाच वटा लक्ष्यहरुमा छिटो छरितो र गुणस्तरिय न्याय सम्पादन, न्यायमा पहुच अभिवृद्धी, न्यायिक सुशासनको प्रवद्र्धन गर्नु, अदालत व्यवस्थापनको सुदृढीकरण र न्यायपालिका प्रतिको आस्था र विश्वास अणिवृद्धी रहेको छ ।

कार्यक्रममा तेस्रो पंचबर्षीय रणनितिक योजनाको लक्ष्य, रणनीति र कार्यहरुको समीक्षा पनि गरिएको थियो । जसमा समग्र मुल्याङ्न हेर्दा ३ सय ९४ वटा कार्यमा क्रियाकलो ४ सय ८२ रहेको छ भने औसत कार्य सम्पादन ७२.२७ प्रतिशत र लक्ष्य प्राप्त हुन नसकेको कार्य २७.७३ प्रतिशत रहेको छ ।

यस्तै बुधवार नै जिल्ला अदालतले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा रहेको ५ हजार ६ सय २८ लगतमा ३ हजार ३ सय ७१ फछ्र्यौटको लक्ष्य लिएको जिल्ला अदालतले ३ हजार १ सय ७५ (९४.१८ प्रतिशत) फछ्र्यौट गरेको जानकारी श्रेष्तदार नेत्र प्रसाद भुसालले दिए । भुसालका अनुसार बाँकि रहेका मध्य १८ महिना नाघेका ७७ वटा र २ बर्ष नाघेका ३८ वटा मुद्दा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित