१७ कार्तिक २०८३, मंगलबार

चित्तलको छाला र मासुसहित एक जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ३१ असार । प्रहरीले बर्दियामा दुर्लभ वन्यजन्तु चित्तलको छाला र मासु सहित एक जनालाई पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका-१० लम्कीफाँटाबाट सोही ठाउँ बस्ने श्यामलाल थारुलाई चित्तलको छाला १ थान र १० केजी मासु सहित आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।

थारुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।